काठमाडौँ — विभिन्न भाषाका पक्षमा छलफल गर्न दस मुलुकका भाषाशास्त्रीहरू नेपालमा भेला भएका छन् । भाषा विज्ञान समाज नेपाल र त्रिभुवन विश्वविद्यालय नेपाल भाषा केन्द्रीय विभागको आयोजनामा ३९ औं भाषा सम्मेलन सुरु भएको हो ।
कीर्तिपुरस्थित त्रिवि सेडा हलमा दुई दिन चल्ने सम्मेलनमा नेपाल, भारत, बंगलादेश, पाकिस्तान, अमेरिका, अस्ट्रेलिया, हङकङ, भुटान, स्वीडेनलगायत मुलुकका भाषाशास्त्री सहभागी रहेको समाजका महासचिव कर्णाखर खतिवडाले जनाएका छन् । कान्तिपुर दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया