राष्ट्रिय परीक्षा बोर्डले डबल डिजिट नम्बर चढाउँदा समस्या

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डको सिङगल डिजिट लब्धाङपत्र प्रिन्ट गर्नुपर्नेमा डबल डिजिट नम्बर चढाउँदा उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थी समस्यामा परेका छन् ।

बोर्डको निर्देशनमा एक डिजिट नम्बर प्रिन्ट हुनुपर्ने उल्लेख छ । तर लब्धाङपत्र प्रिन्ट गर्दा दुई डिजिट देखिएको छ । दुई डिजिट नम्बर देखिएपछि विदेशी निकायले सो लब्धाङपत्र नक्कली भएको आशंका गर्दै विद्यार्थी फर्काउने गरेको छ । बोर्डका एक उच्च अधिकारीले लब्धाङपत्रमा देखिएको लापरबाहीले सयौँ विद्यार्थी समस्यामा परेको जानकारी दिँदै भने –‘लब्धाङपत्र प्रिन्ट गर्दा मनोमानी गरेकाले समस्या भएको हो ।’

तर बोर्डले विदेश जाने तयारीमा रहेका विद्यार्थीलाई समस्या परेको जानकारी भएपछि लब्धाङपत्र सच्याइएको जनाएको छ । बोर्डका अध्यक्ष प्राडा चन्द्रमणी पौडेलले यस्तो समस्या देखिएको स्विकार्दै भने–‘समस्या परेको हो, समाधान गर्ने गरेका छौँ ।’

बोर्डको मुख्यालयको सफ्टवेयरबाट लब्धाङपत्र तयार भएपछि देशैभर रहेका १० वटा कार्यालयबाट प्रिन्ट हुन्छ । नेपाल समाचारपत्र दैनिकमा खबर छापिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?