काठमाडौं । नयाँ बानेश्वरको सुकुम्बासी टोलमा दुई समूहबीच ग्याङ फाइट हुँदा एक जनाको मृत्यु भएको छ । दुई समूहबीच छुरा हानाहान हुँदा एक युवकको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् ।
छुरा प्रहारबाट बिक्की मगरको मृत्यु भएको हो । छुराको चोटले घाइते भएका बिक्कीको बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
प्रहरीका अनुसार दुई समूहबीच गाँजाको डिलरको विषयलाई लिएर झगडा शुरु भएको थियो । गम्भीर घाइते भएका अनिल श्रेष्ठको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
घटनामा संग्लग्न दुई अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया