नवलपुर । नवलपुरको गैंडाकोटमा बसले मोटरसाइललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।
गैंडाकोट–१३, मुकुन्दपुरमा आज बिहान कर्णाली यातायातको ना ५ ख ३९८७ नम्बरको बसले ना ५६ प ३८५१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय गैंडाकोटका अनुसार मृत्यु हुनेमा गैंडाकोट नगरपालिका–८ का २० वर्षीय अनिल पौडेल र गैडाकोट–१ का १९ वर्षीय कृष्ण सापकोटा रहेका छन् ।
ठक्कर दिने बसलाई नियन्त्रण लिइ अनुसन्धान भइरहेको प्रहरी जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया