सप्तरी । सप्तरीको हनुमाननगर कंकालिनी नपा–१०, इनरुवामा बस दुर्घटना भएको छ । बस दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ भने झण्डै डेढ दर्जन घाइते भएका छन् ।
को १ ख २७९९ नम्बरको बस बराह क्षेत्रको कुम्भ मेला हेरेर फर्किएका यात्रु लिएर फर्किँदै थियो । दुर्घटना मृत्यु हुनेमा दुई महिला र एक पुरुष छ भने तीनै मृतकको सनाखत हुन सकेको छैन ।
प्रहरीका अनुसार घाइतेमध्ये अधिकांशको अवस्था गम्भीर छ । घटनाको थप अनुसन्धान भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया