सेतीबेणी–उराम–लुङ्खु–कार्कीनेटा–पोखरा जोडिने

पर्वत । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अबको युगमा रोजगारमुखी शिक्षा पद्धतिको विकास गर्नुपर्नेमा जोड दिएका छन् ।

महाशिला गाउँपालिका–५ लुङ्खुदेउरालीमा रहेको महेन्द्रज्योति माविमा १८ महीने बाली विज्ञान कक्षा शुभारम्भ तथा कम्प्युटर कक्ष हस्तान्तरण कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले परम्परागत शिक्षा पद्धतिलाई परिवर्तन गरेर व्यावहारिक शिक्षा लागू गर्नुपर्ने बताए । उनले प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा प्राविधिक शिक्षालय सञ्चालन गर्नुपर्ने बताए । उनले शिक्षा नीतिलाई आमूल परिवर्तन गरेर रोजगारमुखी, प्राविधिक र दक्ष जनशक्ति उत्पादन हुने खालको गुणस्तरीय शिक्षाको विस्तारमा वर्तमान सरकार गम्भीर बन्नुपर्ने बताए ।

अध्यक्ष तिमिल्सिनाले सङ्घीय संसद्को आगामी हिउँदे अधिवेशनबाट मुलुकका तीन वटै तहलाई आवश्यक पर्ने सबै कानून बनाएर पठाइने र सबै कानून निर्माण तथा परिमार्जन गर्ने उनको भनाइ छ ।

तिमिल्सिनाले पाँच वर्षभित्रमा सबै सडक कालोपत्र भइसक्ने आश्वासन दिए । उनले सेतीबेणी–उराम–लुङ्खु हुँदै कार्कीनेटा र पोखरा जोड्ने तथा कालीगण्डकी लोकमार्ग र अन्य सडक प्रदेश र स्थानीय तहले कालोपत्र गर्दै जाने र यसका लागि आफूले निरन्तर सहयोग गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?