काठमाडौं । काठमाडौंको जडिबुटीबाट रिभल्बर र लागुऔषधसहित सर्लाहीको लालबन्दी-३ का २७ वर्षीय मनपुरण चौधरी र भुवन परियार पक्राउ परेका छन् ।
उनीहरुलाई काठमाडौं महानगरपालिका ३२ जडिबुटी ढुंगेधारा नजिकबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ ।
उनीहरु सवार ज ११ प ४८६६ नम्बरको मोटरसाइकल रोकेर जाँच गर्दा रिभल्बर एक थान र लागुऔषध नाईट्रभेट ट्याब्लेट ८४० वटा बरामद भएको हो ।
भक्तपुर तर्फबाट मोटरसाइकलमा लागुऔषध कारोबारी आउँदैछन् भन्ने विशेष सूचनाको आधारमा बानेश्वर, कोटेश्वर र काँडाघारीको प्रहरी टोलीले भक्तपुरबाट काठमाडौं भित्रिने नाकाहरुमा चेकजाँच गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया