काठमाडौं – विपद् व्यवस्थापनका नाममा पाँच वर्षको अवधिमा राज्यकोषबाट २४ अर्ब रुपैयाँ खर्च भएको देखिएको छ । विपद्को नाममा यति धेरै रकम खर्च भए पनि त्यसको पारदर्शितामा प्रश्चचिह्न खडा भएको छ ।
विपद्को नाममा भएका खर्चमा विभिन्न त्रुटि हुने गरेको र एकपछि अर्को गर्दै करोडौं रुपैयाँ बेरुजु आउने क्रम बढेको महालेखा परीक्षकको पछिल्लो प्रतिवेदनले समेत औंल्याएको छ ।
महालेखा परीक्षकको कार्यालयले विपद्को नाममा भएको खर्चमा बेथिति देखिएको औंल्याउँदै पारदर्शिता अपनाउन सरकारको ध्यानाकर्षणसमेत गराउँदै आएको छ ।
तर पनि सरोकारवाला निकायका रूपमा रहेका प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयले बेथिति रोक्न खासै पहल गरेको आभास हुन सकेको छैन । राजधानी दैनिकमा खबर छापिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया