काठमाडाैं- सरकारले तोकेभन्दा बढी मूल्य लिने प्रदेश ३ का सांसद राजेश शाक्यलाई ५ हजार रुपैयाँ जरिवाना तिराइएको छ ।
सांसदको सार्वजनिक लेखा समितिले चिनीको मूल्य प्रतिकेजी ६३ रुपैयाँ कायम गर्न सरकारलाई निर्देशन दिएको र सरकारले अधिकतम मूल्य ७० रुपैयाँ लागू गरेको थियो ।
तर, सांसद शाक्यले ताहाचलमा रहेको आफ्नो पसलबाट प्रतिकिलो ७८ रुपैयाँ चिनी विक्रि गरेका थिए । वाणिज्य आपुर्ति तथा उपभोक्ता हित संरक्ष विभागले गरेको अनुगमनका क्रममा ताहाचालमा रहेको उनको उपभोक्ता सहकारी पसलेले प्रति केजी ७८ रुपैयाँमा बिक्रि गरेको फेला पारेको थियो । कारोबारमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया