काठमाडौं । तनहुँको घिरिङ गाउँपालिका–१ मा करिब डेढ घण्टा ढिलो मतदान शुरु भएको छ । आन्तरिक सुरक्षाको बिषयलाई लिएर विवाद उत्पन्न भएपछि निर्वाचन बिहान करिब साढे ८ बजेबाट शुरु भएको मुख्य निर्वाचन अधिकृत दलबहादुर के.सीले लोकपथलाई बताए ।
के.सीले दिएको जानकारी अनुसार एमाले र कांग्रेसका कार्यकर्ताबीच सामान्य झडप भएको थियो । हिजो बेलुका भएको झडपमा प्रहरीले दुईजना एमाले कार्यकर्ता पक्राउ गरेपछि मतदान समयमा शुरू हुन नदिएको तर हाल भने मतदान कार्य जारी रहेको के.सीले बताए ।
घिरिङ गाउँपालिका–१ पुट्टारस्थित कृष्ण मावि मतदान केन्द्रको मतदान कार्य केही समय अवरुद्ध भएको थियो । यता, एमाले कार्यकर्ताले भने एमालेले जित्ने देखेपछि कार्यकर्ता पक्राउ गरेर त्रास फैलाउने काम गरिएको आरोप बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया