कोहलपुर । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले मतदान गरेका छन् । उनले बाँके क्षेत्र नम्बर १ (२) अन्तर्गत कोहलपुरको पिपिरीस्थित मतदानस्थलबाट पहिलो मतदान गरेका हुन ।
मतदान पछि प्रतिक्रिया दिँदै मन्त्री अथकले संविधानको रक्षा र स्थायीत्वकालागि मतदान गरेको बताए । माओवादी केन्द्रका स्थायी समिती सदस्यसमेत रहेका मन्त्री अथकले गोलाकार भित्रको हँसिया हथौडामा मतदान गरेको बताउँदै सबैलाई निर्वाचनमा सहभागी भई गठबन्धनका उम्मेदवारलाई मतदान गर्नसमेत आग्रह गरेका छन् ।
बाँके क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाका उम्मेदवारसमेत रहेका मन्त्री अथकले आगामी पाँच वर्षसम्म संसद भङ्ग नहुने विश्वास ब्यक्त गरे । उनीसहित यो क्षेत्रबाट प्रतिनिधि सभामा ११ जना उम्मेदवार प्रतिस्पर्धामा छ ।
तस्बिरहरु :–

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया