मौन अवधिमा पत्नी राधिकालाई भान्सामा सघाउँदै ओली

लोकपथ
221
Shares

काठमाडौं । आमनिर्वाचन आइतबार मंसिर ४ गते एकैचरणमा मुलुकभर हुँदैछ । आइतबार हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । देशैभर विभिन्न राजनीतिक दलका शीर्ष नेताहरु मतदानका लागि मतदाता नामावली भएको निर्वाचन क्षेत्रमा पुगिसकेका छन् ।

अघि यतिबेला निर्वाचनको स्थिर समय जारी रहेको छ । स्थिर समयमा राजनीतिक दलहरूले प्रचारप्रसार गर्न नपाउने भएपछि नेताहरू फुर्सदिला बनेका छन् । कतिपयले आफ्नो उम्मेदवारी नामावली भएको क्षेत्रभन्दा बाहिर भएकाले आफूले आफैलाई मतदान गर्न पाउने छैनन् ।

नेकपा (एमाले) अध्यक्ष केपी ओलीले समेत मतदान गर्न नपाउने भएका छन् । मतदाता नामावली आफू उम्मेदवार रहेको क्षेत्रभन्दा फरक रहेकाले पाँच वर्षमा हुने आवधिक निर्वाचनमा समेत केही नेताले आफूले आफैलाई मतदान गर्न वञ्चित हुनुपरेको छ ।

निर्वाचनको प्रचार अभियानमा देश दौडाहामा रहेका नेकपा एमालेका अध्यक्ष केपी ओली पनि लामो समयपछि फुर्सदिला बनेका छन् । सामाजिक सञ्जालमा तस्बिर पोस्ट गर्दै उनले फुर्सदको समयमा पत्नी राधिका शाक्यलाई भान्सामा साग केलाउन सघाएको जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?