दश लाख कहाँ गयो भन्नेलाई गायिका समिक्षाको यस्तो जवाफ

काठमाडाैँ । नायक पूर्णविक्रम (पल) शाह र गायिका समिक्षा अधिकारीबीचको घटना पुरानो भए पनि अझै सेलाउन सकेको छैन । लामो समय विवादित यस विषयमा अहिले पनि सामाजिक सञ्जालमा जताततै अभिव्यक्तिहरु आइरहेका छन् । नाबालिग गायिकालाई जबरजस्ती करणी गरेको मुद्दामा पुर्पक्षका लागि शाह थुनामा छन् । शाहलाई जिल्ला अदालत पूर्वी नवलपरासीले २ वर्ष ६ महिना कैद सजायँ गरेको छ । त्यस्तै शाहसँग १० लाख रुपैयाँ क्षतिपूर्ति भराउन पनि अदालतले आदेश दिएको थियो । अदालतको यो आदेशसँगै झन् आलोचित बन्न पुुगिन् गायिका अधिकारी ।

लामो समयसम्म सामाजिक सञ्जालबाट टाढा रहेकी अधिकारी बिस्तारै सामाजिक सञ्जालमा सक्रिय हुन थालिन् । तर उनले सामाजिक सञ्जालमा गरेका पोस्टहरु भाईरल भएको केही समयमै हटाउनुपर्ने बाध्यात्मक अवस्था सिर्जना भयो । कारण थियो पल शाहको पक्षमा रहेर मानसिक याताना दिनेसम्मका नकारात्मक कमेन्ट । उनले केही समय प्रतिक्रिया दिन नमिल्ने बनाए पनि लामो समय टिक्न भने सकेन ।
जब फेसबुकमा कमेन्ट गर्न मिल्ने बनाइयो तब फरक विषयमा पोष्ट गर्दा पनि जताततै १० लाख, १० लाख भन्ने कमेन्टको वर्षात् हुन लागे । उनले बारम्बार अनुरोध गर्दा पनि कमेन्ट आउन छाडेन । शनिवार मात्र उनले एउटा तस्वीर राखिन् । तर, जताततै १० लाखले के गरेकोे भन्दै प्रश्न ओइरिन थाल्यो ।

जसको जवाफमा उनले यस्तो लेखेकी छन्, ‘मलाई १० लाख १० लाख भनेर कमेन्ट गर्नेहरुलाई म के भन्न चाहन्छु भने अरुलाई भन्न सजिलो तर तपाईहरुको घरमा पनि दिदीबहिनीहरु हुनुहुन्छ होला पछि तपाईहरुलाई पर्दा थाहा हुन्छ, हजुरहरुलाई पनि कसैले नराम्रो भन्दा कति पीडा हुन्छ ? मैले कसैको १० लाख लिएको पनि छैन, अहिले मलाई जुन आरोप लगाउनु भएको छ, १० लाख लियो भनेर तर त्यो एकदमै झूठ हो । म पनि मान्छे हो, कति कुरा त सहन सकुँला तर सधै सहन सक्छु भन्ने छैन ।’

यस्ताे छ समिक्षकाे कमेन्ट :

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?