वसन्तपुरको मतदान स्थल निर्माण कार्य सम्पन्न

लोकपथ
26
Shares

काठमाडौं । मंसिर ४ गते आईतवार (भोलि) हुने मतदानको लागि वसन्तपुरको मतदान स्थल निर्माण कार्य सकिएको छ । काठमाडौं क्षेत्र नम्बर ८ को १ अन्तर्गत वसन्तपुर नव आदर्श माध्यामिक विद्यालयमा मतदानका लागि बनाइएको मतदान स्थलको कार्य सम्पन्न भएको हो ।

काठमाडौं महानगरपालिका वडा नम्बर २३ को एउटा मात्रै मतदान स्थल रहेको वसन्तपुर नव आदर्श माध्यामिक विद्यालयमा ५ वटा मतदान केन्द्रहरु निर्माण गरिएको मतदान अधिकृत चन्द्रबहादुर शिवाकोटीले बताए । उनले काठमाडौं क्षेत्र नम्बर ८ को १ मा ४ हजार ६ सय २३ जना मतदाताहरु रहेको बताएका छन् ।

उनले सबै निर्वाचन सम्बन्धी काम सकेको बताउँदै मतदान स्थल वृद्ध, अशक्त, अपाङ्गमैत्री बनाएको बताए । मतदानका लागि रोगी, वृद्धवृद्धा, अशक्त र अपाङ्गता भएका नागरिकहरुको लागि छुट्टै व्यवस्था गरिएको बताए ।

वसन्तपुर नव आदर्श माध्यामिक विद्यालयमा रहेको मतदान केन्द्रमा भोलिको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहीत र स्वतन्त्र बनाउन कर्मचारीमा कार्य विभाजन गरिसकिएको र सुरक्षाकर्मीहरुलाई पनि तैनाथ गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?