विवादास्पद डाक्टर श्रेष्ठ भ्रष्टाचारी ठहर

काठमाडौँ– विशेष अदालतले भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका तत्कालीन अध्यक्ष डा भक्तमान श्रेष्ठलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।

अध्यक्ष न्यायाधीश बाबुराम रेग्मी, सदस्यद्वय रत्नबहादुर बागचन्द र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले श्रेष्ठलाई अकुत सम्पत्ति मुद्दामा दोषी ठहर गरेको हो । इजलासले श्रेष्ठलाई एक वर्ष कैद र एक करोड १८ लाख ६६ हजार ५७६ रुपियाँ जरिवाना हुने ठहर गरेको छ । आदेश अनुसार श्रेष्ठको जरिवाना बमोजिमको बिगो समेत जफत हुनेछ ।
विशेष अदालतका रजिस्ट्रार भीमकुमार श्रेष्ठले भक्तमानको मुद्दा आंशिक ठहर भएको बताए । उनले भने, ‘अख्तियारले गरेको मागदाबीमध्ये एक करोड १८ लाख ६६ हजार ५७६ रुपियाँ स्रोत नखुलेको इजलासले ठहर गरेको छ । उहाँलाई एक वर्ष कैद सजायको फैसला भएको छ ।’
डा। श्रेष्ठले विशेषको फैसलामा चित्त नबुझेमा सर्वोच्च अदालतमा पुनरावेदन गर्न पाउनेछन् । गाेरखापत्र दैनिकमा खबर छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?