निर्मला बलात्कारपछि हत्या प्रकरणः महेन्द्रनगरमा प्रदर्शन

कञ्चनपुर । बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यार सार्वजनिक गर्न माग गर्दै महेन्द्रनगरमा सोमबार प्रदर्शन भएको छ । 

सोमबार भएको प्रदर्शनमा निर्मलाका परिवार, अधिकारकर्मी लगायत सहभागि भएका छन् । 

बलात्कारपछि हत्या भएको तीन महिना वितिसक्दा पनि अझै अपराधी सार्वजनिक नगरिएको भन्दै परिवार र अधिकारकर्मीसहिले सोमबार प्रदर्शन गरेका हुन् । 

महेन्द्रनगरको मदन चोकबाट शुरु भएको प्रदर्शन जिल्ला प्रशासनसम्म पुगेको थियो । प्रमुख जिल्ला अधिकारीमार्फत अल्टिमेटमसहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको नागरिक संघर्ष समितिका संयोजक मीना भन्डारीले जानकारी दिइन् । 

निर्मलाको गत साउन १० गते बलात्कारपछि हत्या भएको थियो । दशैँको समयमा आन्दोलन स्थगित गरेका महिला अधिकारकर्मीले पुनः दवाबमुलक आन्दोलन शुरु गरेका हुन् ।

यो पनि पढ्नुहोसः

निर्मला बलात्कार र हत्यापछिका ३ महिनाः थप तीन सय महिला बलात्कृत

बलात्कारपछि हत्या प्रकरण: अपराधीलाई पाकिस्तानमा फाँसी दिइयो, जैनवले त न्याय पाइन्, निर्मला पन्तले कहिले पाउने ?

बहसमा बलात्कार : नियन्त्रण गर्न सकिएला ?

के नेपाल महिलाको लागि खतराको देश बन्दैछ ? कुन देश कति सुरक्षित ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?