कपिलवस्तुमा बञ्चरो प्रहार गरी श्रीमतीको हत्या

कपिलवस्तु । कपिलवस्तुमा बञ्चरो प्रहार गरी एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । 

कपिलवस्तुको शिवराज नगरपालिका–१ बन्कसबासमा ४० वर्षीय वसन्त परियारले ३५ वर्षीया श्रीमती सुमित्राको बञ्चरो प्रहार गरी हत्या गरेका हुन् । 

उनले राति ११ बजे आपसी झगडाका कारण हत्या गरेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ । 

गए राति छोराछोरी सुतिसकेको समयमा बञ्चरो प्रहार गरी हत्या गरेको स्थानीयले बताएका छन् । 

हत्यारा फरार रहेको र खोजीकार्य जारी रहेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ । शव परीक्षणका लागि शिवराज अस्पताल बहादुरगञ्ज लगिएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनएको छ । परियारका दुई छोरा र एक छोरी छन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?