कता गए पाँचै श्रीमान ? इजलास प्रभावित

काठमाडौं । दशैपछि संवैधानिक इजलास वस्न सकेको छैन । संवैधानिक इजलास नियमित हुन नसक्दा संवैधानिक प्रकृतिसंग जोडिएका मुद्दाहरुको सुनुवाई प्रकृयामा ढिलाई भएको हो । नेपाल समाचारपत्र दैनिकमा खबर छापिएकाे छ ।

न्यायाधीश दिपककुमार कार्की अमेरीका रहेकाले इजलास नबसेको सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले नेपाल समाचारपत्रलाई जानकारी दिए ।

उनले भने– ‘इजलासका लागि पाँचै जना श्रीमान हुनुपर्छ । उहाँ बाहीर भएकोले पनि इजलास नबसेको हो । अर्को कुरा दशैँ पछि मङगलबार र बुधबार पनि परेको छैन ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?