काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज राजधानीको भृकुटीमण्डप बगैँचामा आयोजना गरेको चियापान कार्यक्रम शुरु भएको छ ।
विजयादशमी, दीपावली, नेपाल सम्बत् र छठका अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज राजधानीको भृकुटीमण्डप बगैँचामा चियापान कार्यक्रमको आयोजना गरेको हो।
कार्यक्रममा राज्यका सबै पक्ष, संवैधानिक निकाय, राजनीतिक दल, नागरिक समाज, कूटनीतिक क्षेत्र तथा विकासका साझेदार पक्षबीचमा एकता र आपसी विश्वास अभिवृद्धि गर्ने अपेक्षासहित चियापानमा सहभागी हुन सबैलाई आग्रह गरिएको छ ।
अपराह्न १२ बजेदेखि ५ बजेसम्म आयोजना हुने कार्यक्रममा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’लगायत शीर्ष नेताहरुले स्वागत गर्नछन् ।
तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले पार्टी एकतापछि पहिलोपटक चियापान आयोजना भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया