नवलपरासीमा बस  दुर्घटनाहुँदा एघारजना घाइते

काठमाडौं ।  शनिबार बिहान नवलपरासीमा बस  दुर्घटनामा  भएको छ ।   

बर्दियाबाट काठमाडौंका लागि छुटेको बस दुर्घटनामा परेको हो । 

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–११, अरुणखोलमा शनिबार बिहान  बस दुर्घटना हुँदा एघार  जना घाइते भएका छन् ।

बर्दियाबाट काठमाडौंका लागि छुटेको ना ६ ख ८४ ३९ नम्बरको बस सडक छेउमा  रोकिराखेको ना ६ ख ५९२ नम्रबरको ट्रकमा ठोक्किँदा दुर्घटनामा भएको हो । 

दुर्घटनामा परि घाइते भएका ११ जनाको  नयाँ मेडिकल कलेज भरपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?