छठपछि लाइसेन्सको आवेदन खुल्ने, प्रिन्ट हुँदै अनुपतिपत्र

काठमाडौँ- दशैंअघि बन्द गरिएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को नयाँ आवेदन छठ पछि मात्र खुल्ने भएको छ ।
लिखित परीक्षामा उत्तीर्ण गरी ट्रायलमा अनुत्तिर्ण भई पुनः ट्रायल (रिट्रायल) दिनेहरूको सङ्ख्या बढेपछि छठ सम्मका लागि बन्द गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।
दशैं, तिहार तथा छठ पर्वको अवसरमा सरकारी विदा पनि हुने भएकाले यसबीचमा रिट्रायलको काम सक्ने गरी काम गरिएको विभागले जनाएको छ ।
विभागका अनुसार पहिलो पटक ट्रायल दिनेहरूमध्ये जम्मा ४० प्रतिशत मात्र उत्तीर्ण हुन्छन् । बाँकी ६० प्रतिशतले तीन पटकसम्म रिट्रायल दिने व्यवस्था भएकाले सङ्ख्या थपिदै जाने गरेको छ ।

यता बाँकी रहेको अनुमतिपत्र (लाइसेन्स)को पनि प्रिन्ट गर्ने काम भइरहेको विभागले जनाएको छ । विभागले पनि दैनिक प्रिन्ट गरिरहेको छ भने निजी कम्पनी मालिका इन कर्पोरेटले पनि प्रिन्टको काम सुरु गरेको गाेरखापत्र दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?