शिक्षामा दीर्घकालीन सोच तयार हुँदै

काठमाडौँ-हरेक नागरिकलाई शिक्षामा सहज पहुँच पु¥याउने उद्देश्यले शिक्षा क्षेत्रको ‘दीर्घकालीन सोच २१००’ तयार गरिँदैछ । राष्ट्रिय योजना आयोगले आगामी २५ वर्षका लागि दीर्घकालीन सोचको मस्यौदा तयार गर्दैछ ।
आयोगका सदस्य डा. उषा झाले दीर्घकालीन सोचले नै आगामी पाँच वटा आवधिक योजनालाई जोड्नेछ भन्दै थप्नुभयो, “आगामी तीन महिनाभित्र सोच तयार भइसक्नेछ ।” आयोगले यस्तो सोच पहिलोपटक कार्यान्वयनमा ल्याउन लागिएको दावी गरेको छ ।
आयोगले सोचको प्रारम्भिक खाका तयार गरेको छ । त्यसमा मुख्यगरी साक्षरता र गुणस्तरीय शिक्षालाई नै प्रथामिकतामा राखिएको छ । आयोगका सदस्य डा. झाले समावेशी शिक्षा, शिक्षाको पहुँच र जीवनपर्यन्त शिक्षालाई दीर्घकालीन सोचले जोड दिने उल्लेख गर्दै भन्नुभयो, “सोचका लक्ष्यहरू दिगो विकासका लक्ष्यसँग जोडिएका हुनेछन् ।”  गाेरखापत्र दैनिकमा छापिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?