मोरङ । धारिलो हतियार प्रहारबाट घाइते भएका राहुल भगतको उपचारका क्रममा मृत्यु भएको छ ।
कात्तिक २ गते दशैँको टिकाको दिन साँझ साथीहरुसँग बजार घुम्न निस्केका बेला उनीमाथि विराटनगर महानगरपालिका वडा नं. ९ स्थित हनुमान मन्दिर अगाडी बेलुकी ७ः३० बजे छुरा प्रहार भएको थियो ।
महानगरपालिका वडा नं. १४ बस्ने राजेश भगतका छोरा राहुललाई ८–१० जनाको समूहले धारिलो हतियार प्रहार गरि गम्भिर घाइते बनाएका थिए । उनको उपचारको क्रममा कोशी अञ्चल अस्पताल विराटनगरमा मृत्यु भएको हो ।
घटनापश्चात जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलिले जिल्लाका विभिन्न स्थानहरुबाट ५ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका वडा नं. ११ बस्ने वर्ष १८ को कुहिरा भन्ने विशाल सहनीसहित १६ देखि १८ वर्ष समूहका ५ जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
प्रहरीका अनुसार उनीहरुविरुद्ध कर्तव्य ज्यान मुद्दा अन्तर्गत भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया