निर्मला हत्या प्रकरण : बर्खास्तीको प्रक्रियामा रहेका दुई प्रहरी अधिकारीले बुझाए स्पष्टीकरण

काठमाडौँ– कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाको अनुसन्धानलाई प्रभावित पार्न खोजेका प्रहरी उपरीक्षक डिल्लीराज बिष्ट र प्रहरी निरीक्षक जगदीश भट्टको लिखित स्पष्टीकरण आज गृह मन्त्रालयमा बुझाइएको छ ।

प्रहरी प्रधान कार्यालयले बिष्ट र भट्टको स्पष्टीकरण बुझाएको मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिए ।
उनका  अनुसार उक्त स्पष्टीकरणमाथि अध्ययन आजदेखि शुरु भएको र कानूनी प्रक्रिया पूरा गरेर त्यसबारे निर्णय लिइनेछ ।

मन्त्रालयका सहसचिव हरि मैनाली र तत्कालीन प्रहरी नायब महानिरीक्षक धिरु बस्नेतको संयोजकत्वमा गठित समितिले घटनाको स्थलगत अध्ययनपछि सरकारलाई प्रतिवेदन बुझाएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?