स्वास्थ्यसचिव चौधरी सरुवामा परिन्

काठमाडौँ– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा पुष्पा चौधरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएकी छिन् ।

सरुवाका विषयमा सचिव डा चौधरीले कुनै प्रतिक्रिया दिन चाहिनन् । केही दिनअगाडि सरकारले उनलाई सरुवा गर्ने निर्णय गरेको स्रोतले जनाएको छ ।  उनी कर्मचारीको सरुवालगायतका विषयमा विवादमा तानिएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?