छुट्टाछुट्टै दुर्घटनामा परि रुपन्देहीमा दुई बालकको मृत्यु

रुपन्देही । छुट्टा छुट्टै घटनामा परि रुपन्देहीमा दुई बालकले ज्यान गुमाएका छन । 

ईलाका प्रहरी कार्यालय लुम्बिनीले दिएको जानकारी अनुसार अभिभावकको लापर्वाहीले लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. ६ मोहसड स्थित छतमा खेल्ने क्रममा  तीन बर्षीय शिवकरन बिश्वकर्मा फलामे छण माथि ढल्दा घाँटी र पेटमा घोचिदा मेडिकल कालेज भैरहवामा कार्तिक २ गते उपचारको क्रममा मृत्यु भएको हो । 

दशै मनाउन मामाघर आएका निज बालकको अभिभावकको लापर्वाहीले मृत्यु भए पछि बालबच्चालाई जथाभावी जानबाट अन्य अभिभावकले सचेत हुनुपर्ने लुसाँनपा ६ का वडा अध्यक्ष खुर्सेद आलम मुसलमानले जानकारी गराए । 

यसै गरि लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. १२ केवटलिया स्थित लु.३ त ३८७० नं. को कम्पायन मेशिनले धानबाली काटिरहेको बेला तमाशा हेर्न गएका सोही गाँउ निवासी नौ बर्षीय भागीरथी यादव पनि मेशिनको ठक्करबाट गम्भीर घाईते हुन पुग्दा भैरहवा मेडिकल कालेजमा उपचार हुदाहुदै असोज २९ गते राति मृत्यु भएको प्रहरीले बताएको छ । 

ती दुई बालकको भीम अस्पताल भैरहवामा शव परिक्षण पश्चात आफन्त द्वारा दाह संस्कार गराउनुका साथै आवश्यक कानूनी प्रक्रिया अघि बढाईएको ईप्रका लुम्बिनीका प्रहरी निरीक्षक शंकर पोखरेलले जानकारी गराए । 

त्यस्तै अभिभावककै लापर्वाहीले गर्दा असोज १८ गते लुसाँनपा वडा नं. महजिदिया स्थित घर अगाडी सडकमा खेलीरहेका तीन बर्षीय रइयान मुसलमानलाई भारतीय नम्बर प्लेटका यु.पी. ५५ १३४० जीपले ठक्कर दिदा घटना स्थलमै ज्यान गईसकेको प्रहरीको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?