काठमाडौं । भारतबाट ३७ नेपाली महिलाहरुलाई उद्धार गरिएको छ ।
भारतीय सञ्चारमाध्यम टाइम्स अफ इण्डियाका अनुसार पछिल्लो २४ घण्टामा ३७ नेपाली महिलाहरुको उद्धार गरिएको जनाएको छ ।
उद्धार गरीका उनीहरुलाई घरेलु कामदारको रुपमा खाडी देशहरुमा लैजान भारत पुर्याइएको थियो ।
सोमबार साँझसम्म नयखण्ड भन्ने स्थानको श्रीजन बिहार सोसाइटीको दुईवटा फ्ल्याटबाट २८ जना नेपाली महिलाहरुको उद्धार गरिएको थियो भने मंगलवार भारतको बिहान ज्ञान खण्ड भन्ने स्थानको अर्को एक फ्ल्याटमा छापा मार्दा थप ९ जना नेपाली महिलालाई उद्धार गरेको भारतीय सञ्चारमाध्यम टाइम्स अफ इण्डियाले जनाएको छ ।
उद्धार गरीका महिलाहरुसँगै भारतसम्म पुर्याइएका दुई जना पुरुषलाई पनि भारतीय प्रहरीले नियन्त्रणमा लिएको छ ।
भारतीय प्रहरीले सो फ्ल्याटमा छापा मार्ने क्रममा नेपाल सरकारबाट जारी गरिएका १७ थान पासपोर्ट बरामद गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया