नवलपरासी बस दुर्घटनाः मृत्यु हुनेको संख्या ६ पुग्यो, मृतक ५ को सनाखत [अपडेट]

नवलपरासी । पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–११ अरुणखोलामा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने कम्तीमा ५१ जना घाइते भएका छन् । बस दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । मृत्यु भएकाहरुको मध्य  ५ जनाको सनाखत भइसकेको छ । 

घटनामा मृत्यु हुनेमा गुल्मीको हस्तिचौर गाउपालिका–२ घर भइ नेपाली सेनाको मोरङ लेटाङ्ग गणमा कार्यरत ३५ वर्षीय तिलक विष्ट, मोरङको सुन्दरचौरका ११ वर्षीय सोहन कार्की, भोजपुरका २७ वर्षका रामजीत राई, सुनसरी घर भइ जिल्ला जनस्वास्थ्य कार्यालय पश्चिम नवलपरासीमा कार्यरत ३२ वर्षीया अब्दुल अन्सारी र भारत बिहारका विद्यान्नद यादव रहेका छन् ।

इटहरीबाट भैरहवाका लागि छुटेको लु१ख ८४ ५४ नंको बस आज बिहान ५ बजेको समयमा आफैँ अनियन्त्रित भई सडकबाट करीब ३५ मिटर तल खस्दा बसमा सवार पाँच जनाको घटनास्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिएका थिए । 

घाइतेलाई पुरानो मेडिकल कलेज भरतपुर  उपचार भइरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?