बलात्कारको अभियोगमा पाल्पामा युवक पक्राउ

पाल्पा । पाल्पा तिनाउँ गाउँपालिका २ की १९ वर्षीया युवती बलाकृत भएकि छिन् । 

जबरजस्ती करणी गरेको आरोपमा स्थानीय  २० वर्षीय किरण गाहालाई प्रहरीले पक्राउ गरेको छ ।

बिहीबार दिउँसो बाख्रा चराउन घर नजिकैको जंगलमा गएको बेला गाहाले किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा उनलाइ पक्राउ गरी आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, बलात्कारमा परेकी किशोरी चिच्याएर गुहार मागेपछि स्थानीयको सहयोगमा प्रहरीले गाहालाई पक्राउ गरेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?