काठमाडौं उपत्यकाका शक्तिपिठहरुमा पशुवली परम्परा धान्न, खालीघरको सुरक्षा गर्न एसएसपी नै ‘फिल्ड’मा

काठमाडौँ । नेपालीहरुको महानचाड वडा दशै प्रत्येक घरपरिवारमा हर्षोल्लासमय वातावरणमा मनाइदै छ । 

धार्मिक आस्थासंगै देशभर रहेका प्रत्येक शक्तिपिठ तथा मठमन्दिरहरुमा मनोकांक्षा पुरा हुने विश्वासमा वली चढाईका छन् । 

पशुअधिकारकर्मीहरुले पशुवलीको चर्को आलोचना गरेपनि परम्परालाई धान्न पशुवली दिने कार्य राज्य बाटै हुने गरेका छन् । 

दैंत्य (राक्षस) माथि विजयी प्राप्त गरेकी नवदुर्गादेवीलाई खुशी पार्न तथा सत्यतामाथिको विजयीलाई वर्षबढाई स्वरुप राँगो, बोका, हाँस, कुखुराको भाले, परेवा वली दिन थालेको किवदन्ती रहेको छ । 

कतिपय शक्तिपिठहरुमा भने वलीको रुपमा नरिवल र कुविन्डो वली दिने चलन रहेको छ । आज महाअष्ठमीबाट विभिन्न शक्तिपिठमा वली चढाइएको छ ।  

विशेष गरी वडादशैंमा वली दिनुलाई राज्यका प्रमुख सुरक्षा निकायले शक्ति प्राप्तीको रुपमा लिने गरेका छन् । 

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले नवमी विहान ‘मौलो पूजा’ गरी वडा दशै मनाउने भएका छन् । 

नेपाली सेनाले सैनिक मुख्यालय भद्रकाली, नेपाल प्रहरीले नक्सालस्थित प्रहरी प्रधान कार्यालय, सशस्त्र प्रहरी वलले हलचोकस्थित मुख्यालयमा मौलो पूजा गर्ने कार्यक्रम रहेको छ । 

मौलो पूजामा सुरक्षा निकायका प्रमुखहरुको उपस्थितति अनिवार्य हुने भएपनि सशस्त्र प्रहरी वलको मौलो पूजामा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल सहभागि हुने छैनन् । 

उहाँको केही महिना अघि बुबाको दुखद निधन भएको थियो । आज हनुमानढोकाक्षेत्र, दक्षिणकाली, भद्रकाली, शोभाभगवती लगायतका शक्तिपिठहरुमा पशुवली चढाइएको छ । 
वर्षका एक पटकमात्र खुल्ने तलेजु भवानीको मन्दिरमा पशुवली चढाउन ‘सतार’ ठूलो राँगो र बोकाको ब्यवस्था गरिएको छ । 

राजधानीमा सर्वसाधारणको चहलपहल घट्यो
दशै मनाउन घर फर्किनेहरुको चाप आज पनि त्यतिकै नै छ । घर फर्किन गोंगबुनयाँ वसपार्क, कलंकी, माछापोखरी, कोटेश्वर तीनकुने क्षेत्रमा यात्रुको बाक्लो उपस्थिति थियो । 

विशेष गरी छोटो दुरीको गन्तब्यमा जान आतुर यात्रुहरु बस र माइक्रोको प्रतिक्षामा देखिन्थे । दशैंमा घर फर्किनेहरुका कारण काठमाडौं उपत्यकाको चहलपहल दिनप्रति दिन घट्दै गएको छ । 

तर, असन, इन्द्रचोक, माछापोखरी, शपिङ मलहरुमा भने सर्वसाधारणको चहलपहल बाक्लै देखिन्छ । शहरको भित्रि भागको पसल तथा वजारहरु बन्द छन् । 

सटरहरु बन्द गरिएका छन् । शहरको मुख्य सडकमा निजी सवारी साधनहरु गुडिरहेका देखिन्छन् । तर, सार्वजनिक यातायातका सवारी साधनहरु भने ठप्प नै छन् । 
 

३५ लाख वाहिरिय

२४ गते घटस्थापनाको दिनदेखि आजसम्म करीव ३५ लाखको हाराहारिमा सर्वसाधारणले काठमाडौं छोडेका छन् । गत वर्षको तुलनामा यो वर्ष दशैमा घरजानेहरुको संख्यामा केही कमि आएको भनाई प्रहरीको छ । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका विभिन्न नाकाबाट करीव ३५ लाख सर्वसाधारण काठमाडौं वाहिरिएको अनुमान गरिएको छ । यो संख्या नवमी अथार्त १ गतेसम्म जारी रहने छ । 
कात्तिक १ गतेपछि काठमाडौं शुन्यजस्तै हुने छ । तीन गतेबाट फेरी काठमाडौं फर्किन शुरु हुने छ । महाशाखाका अनुसार, दशैमा घर जाने क्रमा भएको जस्तो भीड फर्किदा नहुने अपेक्षा गरिएको छ । 
खाली घरको सुरक्षा गर्न प्रहरी इन्चार्ज नै फिल्डमा

काठमाडौं उपत्यकाका अधिकांस घरहरु भूत वगेला जस्तै छन् । घरधनीदेखि भाडामा बस्नेहरु समेत दशै मान्न गएपछि शहरका भित्रि बस्तीका घरहरु भूतवगेला जस्तै देखिन्छन् । 
टोल गल्लीहरु सुनसान छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख बसन्त लामाले घरमा कोही नभएको मौकामा चोरी हुने डरले विभिन्न प्रहरी बृत्तका इन्चार्जहरुलाई आफै डिउटीमा खट्न निर्देशन दिएको बताए । 
केही प्रहरी कर्मचारी दशै मान्न घर गएका छन् ।

उनले भने शान्तिसुरक्षाका लागि जनशक्ति प्रयाप्त त छ नै तरपनि इन्चार्जहरुलाई अन्य समयको भन्दा दशैमा दिनभर र रातभर फिल्डमा खटेर डिउटी गर्न निर्देशन दिएको छ । 
सार्वजनिक विदामा अफिसियली काम केही हुदैन, म आफैपनि फिल्डमा नै खटेको छु ।

अन्य समस्या पनि हुदैन, भिभिआइपीको सवारी र चोरी, डकैति लगायत अन्य विकृति नियन्त्रण गर्न प्रहरी अन्य समयको भन्दा बढी परिचालन गरिएको उनले बताए । 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?