ट्यांकरले भ्यानलाई ठक्कर दिँदा ७ जना घाइते

चितवन । पृथ्वी राजमार्ग अन्तरगत चितवनको कुरिनटारमा ट्यांकरले रोकी राखेको भ्यानलाई ठक्कर दिएको छ । भ्यानलाई ठक्कर दिँदा ७ जना घाइते भएका छन् । घाइते मध्ये ३ जनाको अवस्था गम्भीर भएको जनाइएको छ । 

जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार घाइतेहरुको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

बा १ घ ५६५ नम्बरको दूध बोक्ने ट्यांकरले पोखराबाट धादिङतर्फ जाने क्रममा कुरिनटारमा रोकि राखेको ग २ च १७५१ नम्बरको भ्यानलाई ठक्कर दिएको हो । दुर्घटनामा ट्यांकर सडकबाट तल खसेको छ। 

दुर्घटना घाइते भएकाहरुको हाल परिचय खुलाइएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?