धनुषा । धनुषामा फेरी एक बलात्कार घटना सार्वजनिक भएको छ ।
धनुषा जिल्लाको औरही गाउँपालिका वडा नम्बर २ मा १० वर्षीया बालिका मनिका यादवलाई बालात्कार गरी हत्याको घटना सेलाउन नपाउदै पुनः १३ वर्षीया बालिका बलात्कृत भएको घटना सार्वजनिक भएको हो ।
धनुषा जिल्लाको विदेह नगरपालिकाकी १३ वर्षीया बालिका बलात्कृत भएको छ ।
बालत्कार गरेको आरोपमा प्रहरीले धनुषाको विदेह नगरपालिका ७ बस्ने ६५ वर्षीय जागेश्वर ठाकुरलाई प्रहरीले पक्राउ गरेको छ । बालिकालाई पैसाको प्रलोभनमा पारेर वृद्ध ठाकुरले गत सोमबार साँझ बलात्कार गरेको प्रहरीले जनाएको छ ।
यता गाउ घरको घटनालाई स्थानीयस्तरमै मिलाउने गरी जनप्रतिनिधी र अगुवाहरुले गुपचुप मिलाउन खोज्न चाहेतापनि प्रहरीले थाहा पाएपछि आरोपिलाई समातेर जिल्ला प्रहरी कार्यालय धनुषा ल्याएका छन् । यता प्रहरीले भने घटनाको अनुसन्धान गरिरहेको बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया