प्रहरीले तीन, सेना र सशस्त्रले दशैँको दिन निःशुल्क यातायात सुविधा दिने (जान्नुहोस रुट)

काठमाडौं । हिन्दू नेपालीको महत्वपूर्ण चाड बडादशैँमा सार्वजनिक यातायातका साधनहरु न्यून रुपमा चलने भएकाले सर्वसाधारणको आवतजावतमा सुविधा होस् भनेर तीन सुरक्षा निकाय (नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी) ले राजधानीका विभिन्न रुटमा बस सञ्चालन गर्ने निर्णय गरेका छन् ।  

दशैँमा राजधानीमा सवारी साधन अत्याधिक न्यून चल्ने र सर्वसाधारणलाई यात्रमा सास्ती हुने भएकाले बस चलाउन लागिएको हो ।

नेपाल प्रहरीले अष्टमीदेखि तीनदिन काठमाडौंमा बस सञ्चालन गर्ने भएको छ । 

आज (अष्टमी), नवमी र विजया दशमीको दिन प्रहरीले निशुल्क बस सञ्चालन गर्ने भएको हो । 

नेपाल प्रहरीको बस पहिलो रुट अन्तर्गत नक्शालबाट छुटेर पुतलीसडक, माइतीघर, कुपण्डोल, पुल्चोक, जाउलाखेल, एकान्तकुना, बल्खु, कलंकी, कालिमाटी, त्रिपुरेश्वर, शहीदगेट, रत्नपार्क, दरबारमार्ग हुँदै नक्शालसम्म पुग्नेछ ।

त्यस्तै अर्को रुटमा नक्शालबाट छुटेर मैतीदेवी, गौशाला, कोटेश्वर, तीनकुने, बबरमहल, माइतीघर, त्रिपुरेश्वर, शहीदगेट, लैनचौर, लाजिम्पाट, नारायणगोपाल चोक, वालुवाटार हुँदै नक्शालसम्म पुग्नेछ ।

तेस्रो रुटमा नक्शालबाट सुरु भई जयनेपाल हल, लैनचौर, सोह्रखुट्टे, नयाँबजार, बालाजुचोक, नयाँ बसपार्क, तिलिंगेटार, नारायणगोपाल चोक, सुकेधारा चोक, चाबहिल, गौशाला, रातोपुल हुँदै नक्शालसम्म पुग्नेछ ।

आज (बुधबार) बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म काठमाडौंको तीवटा रुटमा निशुल्क बस सञ्चालन हुने छन् ।

त्यस्तै, नेपाली सेनाले विजयादशमीका दिन सर्वसाधारण यात्रुलाई सुविधा दिने उद्देश्यले काठमाडौँ उपत्यकाभित्र आठ मार्गमा निःशुल्क बस चलाउने निर्णय गरेको छ ।
टिकाको दिन तीस सिट क्षमता भएका ती बस आठ मार्गमा बिहान ०६ः३० देखि ११ बजेसम्म तथा अपराह्न ३ बजेदेखि भद्रकालीबाट निःशुल्क रुपमा चढ्न पाइनेछ व्यवस्था नेपाली सेनाले गरेको छ । 

पहिलो मार्ग भद्रकाली– माइतीघर– बानेश्वर– कोटेश्वर– एकान्तकुना– बल्खु– कीर्तिपुर– कलङ्की– कालीमाटी– त्रिपुरेश्वर– रत्नपार्क तथा दोस्रो मार्ग भद्रकाली– जमल– लैनचौर– नारायणगोपाल चोक– बूढानीलकण्ठ– बालाजु चोक– सोह्रखुट्टे– कान्तिपथ– माइतीघर कायम गरिएको छ । 

तेस्रो मार्ग भद्रकाली– माइतीघर– त्रिपुरेश्वर– कालीमाटी– कलङ्की– थानकोट– स्वयम्भू– छाउनी (अस्पताल)– ताहाचल– टेकु– थापाथली तथा चौथो मार्ग भद्रकाली– माइतीघर– बानेश्वर– तीनकुने– गौशाला– चाबहिल– जोरपाटी– नारायणगोपाल चोक– लाजिम्पाट –कान्तिपथ हुँदै भद्रकाली पुग्नेछ । 

पाँचौँ मार्ग भद्रकाली– थापाथली– कुपण्डोल– जावलाखेल– सातदोबाटो– चापागाउँ– सातदोबाटो– तीनकुने– बानेश्वर– शहीदढोका हुनेछ भने छैटौँ मार्ग भद्रकाली– दरबारमार्ग–कमलपोखरी– गौशाला– चाबहिल– बौद्ध– साँखु– चाबहिल– गौशाला– तीनकुने हुँदै भद्रकाली रहेको छ । 

सातौँ मार्ग भद्रकाली– माइतीघर– नयाँ बानेश्वर– पुरानो बानेश्वर– गौशाला– सिनामङ्गल– कोटेश्वर– सूर्यविनायक– ठिमी– कोटेश्वर– माइतीघर– भद्रकाली छ भने आठौँ मार्ग भद्रकाली– माइतीघर– कोटेश्वर– सातदोबाटो– कलङ्की– बालाजु– चाबहिल– गौशाला–तीनकुने हुँदै भद्रकालीसम्म कायम गरिएको छ । 

यसैगरी सशस्त्र प्रहरीले दशैँको अवसरमा काठमाडौं उपत्यकामा ४ वटा बस निःशुल्क रुपमा सञ्चालन गर्ने भएको छ । 

सशस्त्र प्रहरीको बस सेवाको एउटा रुट कलंकीबाट छुटेर कालिमाटी, त्रिपुरेश्वर, माइतीघर, बानेश्वर, कोटेश्वर, ठिमी हुँदै सुर्यविनायक पुगी पुनः सोही रुटबाट कलंकीसम्म फिर्ता हुनेछ ।  

यसैगरी अर्को रुटमा लगनखेल, जावलाखेल, पुल्चोक, त्रिपुरेश्वर, जमल, लैनचौर, नारायणगोपालचोक, बाँसबारीहुँदै बुढानिलकण्ठसम्म पुग्नेछ भने सोही रुट हुँदै लगनखेलसम्म पुग्नेछ । 

अर्को बस स्वयम्भु हल्चोकबाट छुटेर कलंकी हुँदै बल्खु, सातदोबाटो, कोटेश्वर, गौशाला, चावहिल, सामाखुशी, बालाजुहुँदै चक्रपथ परिक्रमा गर्नेछ भने अर्को बस स्वयम्भु हल्चोकबाट छुटेर बालाजुहुँदै सामाखुशी, चावहिल, गौशाला, कोटेश्वर, सातदोबाटो, बल्खु, कलंकी भएर चक्रपथ परिक्रमा गर्नेछ । 

सशस्त्र प्रहरीले काठमाडौं उपत्यकाभित्र सञ्चालन गर्ने सो निःशुल्क बस बिहान ०८ः०० बजेदेखि बेलुका ०६ः०० बजे सम्म चल्ने छ ।

सर्वसाधारणको आवतजावतमा समस्या हुन नदिनको लागि हरेक वर्ष तीन नै वटा सुरक्षा निकाय (नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी) ले राजधानीका विभिन्न रुटमा बस सञ्चालन गर्दै आएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?