काठमाडौं । काठमाडौं उपयकाबाट दशैँ मनाउन २१ लाख भन्दा बढी यात्रु बाहिरिएका छन् ।
महानगरीय ट्राफिक महाशाखाका अनुसार विगत चार दिनको अवधिमा सो सङ्ख्यामा यात्रु बाहिरिएका हुन् ।
स्थलमार्गबाट मात्रै २२ लाख यात्रु बाहिरिएको महाशाखाको भनाइ छ । टाढाटाढाका यात्रु बाहिरिए पनि काठमाडौँ आसपासका सिन्धुपाल्चोक, काभ्रे, नुवाकोट, धादिङलगायत जिल्लाका सर्वसाधारण आज पनि काठमाडौँबाट बाहिरिदै गरेको महाशाखाले जनाएको छ । ।
काठमाडौँबाट २२ लाख मानिस बाहिरिएसँगै विगत दुई दिनदेखि काठमाडौँको चहलपहल घटेको छ भने सार्वजनिक यातायातका साधनसमेत कम चल्न थालेका छन् ।
अहिले काठमाडौँका प्रायः सडक र पसल सुनसान देखिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया