लोकसेवा आयोगको नतिजा अनुसार कुन जिल्लाबाट कतिजना भए पास ?

काठमाडौँ–लोकसेवा आयोगले गत मङ्सिरमा विभिन्न पदमा लिएको राजपत्राङ्कित तृतीय श्रेणी शाखा अधिकृत परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
शाखा अधिकृत वा सो सरह पदमा सबैभन्दा बढी स्याङ्जा जिल्लाबाट २८ जना सिफारिश भएका छन् । गुल्मीका १९, झापाका १७, काठमाडौँ र मकवानपुरका १३÷१३ जना, अर्घाखाँचीका १२, पर्वतका ११, खोटाङ र बाग्लुङका १०÷१० जना, धनुषा, नवलपरासी र सुर्खेतका नौरनौ जना सिफारिस भए ।

त्यस्तै कपिलवस्तु, काभ्रेपलाञ्चोक, कास्की, धनकुटा र मोरङ्गका आठ÷आठ जना, दाङ, सप्तरी, सर्लाही र सुनसरीका सात÷सात जना, उदयपुर, चितवन, धादिङ र प्युठानका पाँच÷पाँच जना, तनहुँ, ताप्लेजुङ, नुवाकोट र रुपन्देहीका पाँच÷पाँच जना, इलाम, पाँचथर, पाल्पा, बजाङ, बर्दिया, बारा, रौतहट, ललितपुर, सङ्खुवासभा र सिरहाका चार÷चार जना, ओखलढुङ्गा, कैलाली, गोरखा, जुम्ला, दैलेख, पर्सा, बाँके, महोत्तरी र म्याग्दीका तीन÷तीन जना छन् ।
सिफारिसमा अछाम, कञ्चनपुर, डडेल्धुरा, तेह्रथुम, दार्चुला, बैतडी, भक्तपुर, रुकुम र सोलुखुम्बुका दुई÷दुई जना र जाजरकोट, बाजुरा, भोजपुर, रामेछाप, रुकुम, सल्यान, सिन्धुपाल्चोक र हुम्लाका एक÷एक जना छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?