खाद्य संस्थानमा खसीबोका सकियो

काठमाडौं। नेपाल खाद्य संस्थानले दसैंका लागि विक्री गरेका खसीबोका तीन दिनमै सकिएका छन् ।
दसैको लागि ल्याएका खसीबोका शुक्रबार देखि थापाथली स्थित संस्थानको कार्यालयबाट विक्री सुरु गरेको थियो । लक्ष्य अनुसार खसीबोका राजधानी ल्याउन नसक्दा  तीन दिनमै संस्थानका खसीबोका सकिएको नेपाल खाद्य संस्थानका प्रवक्ता शंकर सापकोटाले बताए ।
दुई हजार खसीबोका र च्यांग्रा ल्याउने लक्ष्य रहेको भएपनि १ हजार २ सय २७ वटा मात्र खसीबोका र च्यांग्रा आएपछि छिटै सकिएको खाद्य संस्थाले बताएको छ । १ हजार २ सय २७ मध्येमा ३ सय ७ खसीबोका र ९ सय २० च्याङग्रा आएको संस्थानका प्रवक्ता सापकोटाले जानकारी गराए । राजधानी दैनिकमा खबर छापिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?