काठमाडौं- नेपाल र मलेसियाबीच दुईपक्षीय श्रम समझदारी (एमओआई) मा कात्तिक १२ गते हस्ताक्षर हुने भएको छ । श्रम मन्त्रालयका सचिव महेशप्रसाद दाहालका अनुसार समझदारीमा हस्ताक्षर गर्न मलेसियाका मानव संसाधनमन्त्री कुला सेघरान आउँदै छन् । यो समझदारी वैदेशिक रोजगारीको इतिहासमा कोसेढुंगा हुने दाहालले बताए ।
नेपालले जेठ २ देखि मलेसिया रोजगारीमा रोक लगाएको छ । श्रम समझदारीलगत्तै केही प्राविधिक विषय टुंगिएपछि फुकुवा गरिने मन्त्रालयले जनाएको छ । समझदारीको मस्यौदामा दुई देशका उच्च अधिकारीबीच हस्ताक्षर भइसकेको छ । मलेसिया नेपाली कामदारको सबैभन्दा ठूलो श्रम गन्तव्य हो । कान्तिपुरमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया