काठमाडौं– यो वर्ष चिकित्सा शिक्षाको शुल्क नबढ्ने भएको छ । सरकारले मेडिकल कलेजहरूलाई शुल्क नबढाउन आइतबार निर्देशन दिएको हो ।
‘बढी लिए कारबाही गर्छौं,’ आइतबार मन्त्रिपरिषद्ले निर्णय गरेपछि शिक्षामन्त्री गिरिराजमणि पोखरेलले भने ।
कलेजले बढी शुल्क लिए विद्यार्थी र अभिभावकले सम्बन्धित प्रमुख जिल्ला अधिकारीसमक्ष उजुरी दिन सक्नेछन् ।
कलेजहरूले शुल्क बढाएको गुनासो विद्यार्थीले गर्दै आएका थिए । त्यस्तै सरकारले जनशक्ति प्रक्षेपण गर्न शिक्षामन्त्री पोखरेलको संयोजकत्वमा उच्चस्तरीय निर्देशक समिति गठन गरेको छ । कान्तिपुर दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया