काठमाडौं । नेपाल एयरलाइन्सले आजबाट नेपालगञ्ज (बाँके) –साँफेवगर (अछाम) र्हवाइ उडान सेवा शुरु गरेको छ ।
नेपाल एयरलायन्सका अनुसार, हप्तामा दुई दिन आइतवार र बुधवार नियमित उडान हुने छन् ।
नेपालगञ्ज–साँफेवगर–नेपालगञ्जको एकतर्फि हवाई भाडा करीव चारहजार तीनसयसम्म निर्धारण गरिएको छ ।
माओवादी द्धन्दका कारण विगत १३ वर्षदेखि बन्द रहेको साँफेवगर विमानस्थल पुन निर्माण गर्नुका साथै रन– वे कालोपत्रे गरेसंगै विमान सेवा शुभारम्भ गरिएको हो ।
साँफेबगरमा नेपाल एयरलायन्सका अतिरिक्त निजी लगानीका एयरलायन्सहरुले पनि सेवा भर्ने जनाइएको छ ।
नेपालगञ्ज–साँफेवगर हवाई सेवासंगै पर्यटकीय केन्द्र रामारोशन र खप्तडमा पर्यटक भित्रेयाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
साँफेवगर हवाई सेवाले अछामका अतिरिक्त बाजुरा, बझाङ, कालिकोट र बझाङलाई समेत सहयोग पुग्ने देखिन्छ ।
नेपालगञ्ज–साँफेवगर हवाई सेवापति धनगढी–साँफेवगर पनि सेवा सञ्चालन गर्ने तयारी भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया