काठमाडौं । आज बडादशैँको पाँचौं दिन । देशभरका दुर्गा देवीको मन्दिरमा पूजा आधार गरि मनाइँदै छ । आज दशैँको पाँचौं दिन स्कन्दमाताको पूजा गरिन्छ ।
दशैँको ९ दिनसम्म हरेक दिन छुट्टाछुट्टै देवीको पूजा गरिन्छ । दुर्गा पूजाको पाँचौं दिन देवताहरुका सेनापती कुमार कार्तिकेयकी माता आमा को पूजा हुन्छ । कुमार कार्तिकेय ग्रन्थमा सनत कुमार, स्कन्द कुमारको नामबाट पुकारीएका छन् । माता स्कन्दमाता यस रुपमा पूर्णतः ममता देखाइरहेकी देखिन्छिन् ।
आज देशभरका दुर्गा देवीको मन्दिरमा भक्तजनहरुको भिड लागेको छ ।
काठमाडौं उपत्यकाका भद्रकाली, नक्साल भगवती, शोभा भगवती, मैतीदेवी लगायतका शक्तिपीठहरुमा विहानैदेखि भक्तजनहरुको घुईंचो छ । त्यस्तै काठमाडौं बाहिरका पाथिभरा, पलान्चोक भगवती, छिन्नमस्ता, दन्तकाली, जलपादेवी, छत्रेश्वरी, मनकामना, बागेश्वरीलगायतका शक्तिपीठहरुमा पनि विहानैदेखि दुर्गा भवानीको पूजा अर्चना भइरहेको छ ।
दशैँको पाँचौं दिन काठमाडौको टेकुस्थित पचली भैरवको पूजा गरी जात्रा मनाउने परम्परा पनि रहिआएको छ ।
माताको पाँचौं रुप शुभ्र अर्थात श्वेत हो। जब अत्याचारी दानवहरूको अत्याचार बढ्छ तब सन्त जनहरुको रक्षाको लागि माता स्कन्दमाता सिंह माथी सवार गरि दुष्टहरुको अन्त्य गर्छिन् ।
देवी स्कन्दमाता नै हिमालयकी पुत्री पार्वती हुन् । यिनलाई महेश्वरी र गौरी नामले पनि जानिन्छ । पर्वत राजकी पुत्री भएकी हुनाले पनि मातालाई पार्वती भनिन्छ । भगवान महादेवकी पत्नी भएको कारणले मातालाई महेश्वरी पनि भनिन्छ । आफ्नो गौर वर्ण भएको कारणले माता श्री गौरी नामले पूजिन्छिन् । मातालाई आफ्नो पुत्रलाई धेरै प्रेम,स्नेह र माया गर्छिन् ।
त्यसैले मातालाई आफ्ना पुत्रको नाम सित सम्बोधित हुन राम्रो लाग्छ । जो भक्त माताको यस स्वरुपको पूजा गर्छन् माता स्कन्दमाता उनिहरु माथी आफ्नो पुत्र समान स्नेह गर्छिन् भन्ने विश्वास छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया