निर्मला हत्या प्रकरणको छानबिन गर्न प्रहरी फेरि सक्रिय

कञ्चनपुर–निर्मला पन्तको बलात्कारपछि हत्या घटना अनुसन्धानमा प्रहरीको भूमिका छानबिन गर्न गठित टोलीले सरोकारवालासँग भेटघाट तथा सूचना संकलन तीव्र पारेको छ । टोलीले निर्मलाको परिवार, अधिकारकर्मी, नागरिक समाजका अगुवा र पत्रकारसँग भेटघाट बढाएको हो ।

प्रहरीबाटै प्रमाण मेटाउने काम भएको गुनासोपछि प्रहरी प्रधान कार्यालयले भदौ ३१ मा तत्कालीन डीआईजी धिरु बस्न्यातको नेतृत्वमा छानबिन टोली गठन गरेको थियो । हालै एआईजीमा बढुवा भएका बस्न्यातले आवश्यक सूचना र सुझाव दिन सबैसँग आग्रह गरेका छन् । कान्तिपुर दैनिकमा खबर छापिएको छ ।
शनिबार बिहानैदेखि सरोकारवालासँग भेटघाटमा रहेका बस्न्यातले यसअघि निर्मलाको शव भेटिएको स्थान निरीक्षण गर्नुका साथै प्रहरीले अभियुक्तका रूपमा सार्वजनिक गरेका दिलीप विष्टको परिवारलाई समेत भेटेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?