ट्रिपर सञ्चालनमा आजदेखि नयाँ नियम लागू

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आजदेखि ट्रिपर सञ्चालनमा नयाँ नियम लागू गरेको छ । 

शनिबारदेखि जिल्ला प्रशासनले आगामी कात्तिक ५ गतेसम्मको लागि पिक आवरमा बाहेक अरु समयमा ३५ किलोमिटर प्रतिघण्टा नबढ्ने गरी चलाउन पाइने नियम लागू गरेको हो । 

नियमअनुसार बिहान ९ः०० देखि ११ः३० बजेसम्म र  दिउँसो ५ः०० बजेदेखि साँझ ७ः०० बजेसम्म बाहेक अरु समय ट्रिपर चलाउन पाइने छ । 

अत्यावश्यक निर्माण सामाग्री ढुवानीमा परेको समस्यालाई मध्यनगर गर्दै दशैँको अवसरमा प्रशासनले यो नियम ल्याएको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?