मुख्य चाड दशैंमै यातायात सहज बनाउन अोली सरकार असफल

काठमाडाैं : वि.सं. २०७४ फागुन ३ गते प्रधानमन्त्रीमा निर्वाचित भएयता केपी शर्मा अोलीले 'समृद्ध नेपाल : सुखी नेपाली' नारालार्इ प्रचार गर्न कुनै कसुर बाँकी राखेका छैनन् । उनको पार्टी सत्ताधारी (ने.क.पा.) का नेतागण र कार्यकर्तादेखि समर्थकहरूसम्मले यो नारालार्इ मन्त्र जस्तो बनार्इ सकेका छन् ।

तर, अोलीले जपिरहेका नारालार्इ दुर्इतिहार्इ समर्थनप्राप्त अाफ्नै सरकारले कार्यान्वयन नगरिरहेको बलियो उदाहरण 'दशैं' बनेको छ । मुलुक र नागरिकको जीवनलार्इ गतिशील बनाउने सार्वजनिक यातायातको सिन्डिकेट तोडेको सरकारको दाबी यतिखेर गलत भएको छ : जतिखेर लाखाैं नेपालीहरू अाफ्नो सबैभन्दा ठूलो सांस्कृतिक र धार्मिक पर्व दशैं मनाउन घर फर्किरहेका छन्, तर निकै कष्टसाध्य र सकसपूर्ण यात्राका साथ । 

सरकारले अाफु प्रभावकारी रहेको र नागरिकको हीतका लागि काम गरेको अनुभूति त्यतिखेर गराउन सक्नुपर्छ, जतिखेर नागरिकहरू सरकारबाट महत्वपूर्ण भूमीकाको अपेक्षा गरिरहेका हुन्छन् । दशैं मनाउन अस्थायी बासस्थानबाट घर फर्किरहेका नागरिकले एसियाकै तेस्रो शक्तिशाली भनिएको अाफ्नै सरकारबाट यतिखेर अपेक्षाअनुसारको सेवामा सहजीकरण भर्इरहेको पाएका छैनन् । सिन्डिकेटधारी व्यवसायीले कोटा तोकेर चलार्इरहेको बसमा खाँदिएर यात्रा गरिरहेका नागरिकलार्इ अाफ्नो सरकार प्रभावकारी रहेको र सरकारका काम नागरिककेन्द्रित रहेको अाभाष भर्इरहेको छैन । 

देशका दुर-दराजका बस्तीमा पुग्ने नागरिक सडक जाममा फसेका छन् । अाफु चढेको गाडीमा चल्ने चल्मलाउने ठाउँ छैन । पूर्व-पश्चिम राजमार्गका विभिन्न स्थानमा सवारी अावागमन ठाउँ ठाउँमा अवरूद्द छ । सरकार चाहिँ उपत्यकाका दर्जन स्थानमा एकजना प्रहरी कर्मचारी राखेर यात्रु सहायता कक्षको बुथ देखार्इरहेको छ । 

यातायात सिन्डकेट अन्त्य भएको दाबी गरिरहेका प्रधानमन्त्री अोली र गृहमन्त्री रामबहादुर थापा 'बादल' दशैंको छेकोमा नराम्ररी पछारिएको महसुश नागरिकले गरिरहेका छन् । दशैंकै मुखमा सार्वजनिक यातायातको भाडा बढेको छ। बढेको भाडादरमै यात्रा गर्न पाउने यात्रु निकै कम छन् । यातायात व्यवसायीले 'रिजर्भ' का नाममा तेब्बरसम्म भाडा असुलेर यात्रुलार्इ खाँदीखाँदी कष्टपूर्ण यात्रा गरार्इरहेका छन् । पूर्वदेखि पश्चिमसम्मका सडकमा निकै लामो ट्राफिक जाम छ । काठमाडाैं उपत्यका छिर्ने मूख्य नाकाहरूमा जामको चर्को सास्ती छ। कलंकीदेखि नागढुंगा हुँदै नाैबिसेसम्म पुग्न कम्तीमा ५ घन्टा लाग्ने गरेको छ । 

अाज बिहानै काठमाडाैंको गोंगबु बसपार्कबाट छुटेका गाडीहरू भर्खर थानकोटको नाका काटेर धादिङको सिमाना नागढुंगाको पीपलबोट पुगेका छन् । बाहिरबार यात्रु अोसार्न अार्इपुगेका सवारीसाधनहरू पनि अहिलेसम्म काठमाडाैं अार्इपुगेका छैनन । नयाँ बसपार्कका टिकट काउन्टरमा लामो दुरीका सवारीसाधनमा यात्रु टिकट सकिएको छ ।

न्युन अाय भएका र बहुअायामिक गरिबीमा बाँचिरहेका नागरिकका लागि दशैं 'बाध्यताको रहर' हो । यो कहरभन्दा ठूलो समस्या अहिले दशैं मान्न घर जाने टिकट नपाउनु र यात्रामा सास्ती भोग्नु बनिरहेको छ । गोंगबु बसपार्कमा हजाराैँ यात्रुहरू यतिखेर अलपत्र अवस्थामा छन् ।

करिब ३ सय रूपैयाँ भाडा तिर्दा हुने गोर्खा, नुवाकोट, तनहुँ, लमजुङ लगायत जिल्लामा जान अहिले बसपार्कमा सजिलै टिकट पार्इँदैन । नियमित समयतालिकामा छुट्नुपर्ने गाडीहरू बसपार्कमा दर्ताका लागि मात्र अाउने र रिजर्भ भन्दै बीच बाटोबाट यात्रु उठाएर गुड्ने गरिरहेका छन् । गोर्खा र तनहुँ लगायत जिल्लाका लागि छुट्ने सवारीसाधनले रिजर्भका नाममा एकजना यात्रुसँग तीन हजार रूपैयाँसम्म भाडा असुलिरहेका छन् । न ट्राफिक प्रहरीले यात्रुसँग नियमित भाडादरको टिकट भए/नभएको जाँच गरेको छ, न सरकारलार्इ यात्रु ठगिएको बारे कुनै चिन्ता छ ।

अाफु प्रभावकारी र शक्तिशाली दाबी गरिरहेको सरकारकालार्इ शैंको छेकोमा देखिएको यातायात बेथितीले नराम्ररी उदाङ्गो पारिदिएको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?