‘मेरो सुरक्षा मैले नै गर्नुपर्छ । म सक्षम छु, हामी सक्षम छौं,’ मोटिभेटर रजनी थापाले यसो भन्दा अधिकांश सहभागीका आँखा रसाए । धनगढीको कभर्ड हल तालीले गुन्जियो । एकहप्ते आत्मरक्षा तालिमपछि किशोरीहरूमा बढाएको आत्मविश्वासले थापा पनि हर्षित छिन् ।
‘हिंसाबाट जोगिन सक्छु भन्ने हिम्मत जागेको छ, सुरुको दिन त बोल्नै मुस्किल भएको थियो,’ १८ वर्षीया रक्षा बमले भनिन् । शुक्रबार तालिमको अन्तिम दिन हो । सहभागीहरू नयाँ ऊर्जा सँगालेर घर फर्किएका छन् ।
‘महिलाहरूका लागि आत्मरक्षा शिविर’ नाम दिइएको तालिममा यौन हिंसाबाट जोगिने आधारभूत सीपसहित आत्मविश्वास बढाउने क्रियाकलाप सञ्चालन गरिए । सहभागीलाई कराँते प्रशिक्षकहरूले अप्रत्याशित रूपमा हुन सक्ने आक्रमणबाट जोगिने अभ्यास गराए । किशोरीहरूलाई कसैले धम्क्याएर बलात्कार प्रयास गरे तत्काल प्रत्याक्रमण गरी उम्कन सक्ने प्रशिक्षण दिइएको थियो । तालिमको बीचबीचमा विभिन्न क्षेत्रका व्यक्तिले सुरक्षासम्बन्धी प्रवचन पनि दिएका थिए । कान्तिपुर दैनिकमा खबर छापिएकाे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया