कञ्चनपुर । निर्मला बलात्कारपछि हत्या प्रकरणको छानबिन गर्न गठन गरिएको एआइजी धिरु बस्नेत नेतृत्वको छानबिन समितिको टोली पहिलो पटक कञ्चनपुर पुगेका छन् ।
घटना भएको ७९ दिन पुगेपछि नेपाल प्रहरीले गठन गरेको एआइजी बस्नेत नेतृत्वको छानबिन समितिको टोली शुक्रबार पहिलो पटक कञ्चनपुर पुगेका हुन् ।
निर्मलाको घटनाको अनुसन्धानमा प्रहरीले नै प्रमाण नष्ट गर्ने भूमिका शंकास्पद देखिएपछि प्रहरीमाथि नै अनुसन्धान तथा छानविन थालेको थियो ।
त्यस्तै शुक्रबार कञ्चनपुर पुगेका एआईजी बस्नेत नेतृत्वको छानबिन समितिको टोलीले घटनास्थल, पीडित परिवारसँग छलफल गर्ने छन् भने शनिबार जिल्लास्थित अन्य सरोकारवालासँग छलफल गर्ने कार्यक्रम रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कुँवेर कडायतले जानकारी दिए ।
गत भदौ ३१ गते नेपाल प्रहरीले निर्मला हत्याको छानबिन गर्नका लागि एआईजी बस्नेतको नेतृत्वमा चार सदस्य छानबिन समिति गठन गरेको थियो ।
त्यस्तै कारागार व्यवस्थापन विभागका महानिर्देशक सह–सचिव हरि मैनालीको नेतृत्वमासमेत गत भदौ ७ गते पाँच सदस्य छानबिन समिति गठन गरेको थियो ।
मैनाली नेतृत्वको छानबिन समितिले यही असोज ९ गते गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई प्रतिवेदन बुझाइसकेको छ ।
निर्मलाको गत साउन १० गते बलात्कारपछि हत्या भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया