सिन्धुलीमा यात्रुबहाक बस दुर्घटना : १ को मृत्यु, ६ गम्भीर घाइते

काठमाडौं । सिन्धुलीको मरिङबाट काठमाडौंको लागि छुटेको बस दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने ६ जना गम्भीर घाइते भएका छन् । 

ना ६ ख ९१२ नम्बरको सो बस स्थानीय मुलकोट भन्ने स्थानमा दुर्घटना भएको हो । 

प्रहरीका अनुसार बस सडकबाट करीब ३ सय मिटर तल खसेर टुक्राटुक्रा भएको छ । 

बसमा जम्मा ८ जनामात्रै सवार रहेका थिए । 

घाइतेहरुको जिल्ला अस्पताल सिन्धुलीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?