काठमाडौं । नुवाकोटको समुन्द्रटारबाट त्रिशुलीका लागि छुटेको यात्रुबाहक बस नुवाकोटको लब्धुमा दुर्घटना भएको छ । दुर्घटनामा परि २ जनाको मृत्यु भएको छ भने ३० भन्दा बढी यात्रु घाइते भएका छन् ।
शुक्रबार बिहान समुन्द्रटारबाट त्रिशुलीको लागि छुटेको बा १ ख ६३५६ नम्बरको बस दुर्घटनामा परेको हो ।
अहिलेसम्म घटनास्थलमा २ जनाको मृत्यु भएको र ३० भन्दा बढी घाइते भएको प्रत्यक्षदर्शीले बताए ।
अहिले प्रहरी र स्थानीयले उद्धारको काम गरिरहेका छन् ।
नेपाल प्रहरीका सई पूर्णबहादुर लामाका अनुसार घाइतेहरुको उद्धार गरेर अस्पतालतर्फ पठाइएको जानकारी दिए ।
बसमा सवार अधिकांश यात्रु दशैँ किनमेलका लागि सदरमुकाम जान लागेका थिए । तर, बसमा कति यात्रु थिए भन्ने खुलेको छैन ।
सदरमुकाम विदुरबाट घटनास्थल झण्डै १२ किलोमिटरको दूरीमा रहेको सई लामाले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया