चरेससहित दुई जना पक्राउ

पर्सा । पटेर्वासुगौली गाउँपालिकका–१ बाट प्रहरीले चरेससहित  दुई जनालाई पक्राउ गरेको छ । 

प्रहरीले ६० किलोग्राम गाँजाको धुलो र २० किलो चरेससहित मकवानपुर मनहरी गाउँपालिका–४ का वीरबहादुर मोक्तान र मकवानपुरकै पलासे गाउँपालिका–३ का सूर्यबहादुर स्याङतानलाई पक्राउ गरेको हो । 

उनीहरुले मकवानपुरबाट ल्याई पर्सा भित्र्याउन लागेको अवस्थामा पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले जानकारी दिए । 

मोक्तान र स्याङतानलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?