प्रदेश कर्मचारी बेखर्ची

काठमाडौं– प्रदेश सरकारमातहतका कार्यालय व्यवस्थापनमा ढिलाइ हुँदा दसैंको मुखमा हजारौं कर्मचारीले तलब भत्ता पाउन सकेका छैनन् । सबैजसो प्रदेशमा साउनयता कर्मचारीले तलब नपाएको गुनासो छ ।

प्रदेशमातहत पठाइएका स्थानीय पूर्वाधार विकास विभागकै ७ सय कर्मचारीले तलब पाएका छैनन् । प्रदेश नम्बर ३ को भौतिक पूर्वाधार विकास मन्त्रालयमातहत जिल्ला तहका सयौं कर्मचारीले तीन महिनायताको तलब र दसैं खर्च पाउन बाँकी छ । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय सिन्धुपाल्चोकका प्रमुख प्रकाश अधिकारीले कामकाज र बजेटको अख्तियारी नै नआएको बताए । ‘दसैंमा समेत तलब नपाउँदा कर्मचारीलाई समस्या छ,’ उनले भने ।

सबैजसो प्रदेशमा कार्यालय प्रमुखहरूले दैनिक कामको अख्तियारी पाएका छैनन् । यसै कारण उनीहरूले आफू र मातहत कर्मचारीलाई तलब खुवाउन सकेका छैनन् । कान्तिपुर दैनिकमा खबर छापिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?