नोबेल विजेताको नेपाल सम्झना: ‘त्यो अस्पताल हेर्न मन छ’

काठमाडौं– यो वर्षको नोबेल शान्ति पुरस्कार विजेतामध्ये डा डेनिस मक्वेगे २६ वर्षअघि नेपाली बिरामीको उपचारमा सामेल थिए ।
त्यतिबेला जुन अस्पतालमा उनले बिरामीको उपचार गरे, उनलाई अहिले त्यो अस्पताल हेर्नु छ । त्यतिबेला थोरै बसाइ भए पनि त्यो ठाउँ र स्थानीयको आत्मीयता उनले अझै भुल्न सकेका छैनन् ।

त्यो ठाउँ अर्थात् पाल्पा तानसेनस्थित मिसन अस्पताल । त्यसताका पश्चिम क्षेत्रमै चर्चित थियो । विदेशी डाक्टरहरूसमेत सेवामा खटिने भएकाले पनि वरपरका जिल्लाबाट बिरामी त्यहाँ धाउँथे । त्यही क्रममा पुगेका थिए मक्वेगे ।

‘अहिले त्यो अस्पताल कस्तो भयो होला,’ गत साता नोबेल शान्ति पुरस्कार पाउने घोषणापछि विश्वभर चर्चामा छाएका मक्वेगेले  भने, ‘मलाई त्यो अस्पताल हेर्न मन लागेको छ ।’

युद्ध क्षेत्रमा बलात्कारविरुद्ध अभियान चलाउने २ अभियन्तालाई नोबेल शान्ति पुरस्कार प्रदान गर्ने घोषणा भएको थियो । तीमध्ये एक हुन् अफ्रिकी मुलुक कंगोका डा। मक्वेगे । विश्वकै सबैभन्दा प्रतिष्ठित यो पुरस्कार उनी र इराकी अभियन्ता नादिया मुरादलाई संयुक्त रूपमा दिने घोषणा भएको हो । कान्तिपुरमा खबर छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?